
काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलको यो २० औँ प्रिमियर लिग उपाधि हो । यसअघि सन् २०१९÷२० मा जुर्गेन क्लोपको नेतृत्वमा कोभिड–१९ महामारीको समयमा पनि उपाधि जितेको थियो ।
गएराति भएको खेलमा टोटेनहम हटस्परलाई ५–१ गोलले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम पाँच खेलबाट एक अङ्क मात्र आवश्यक थियो ।
३४ खेलमा ८२ अङ्कसहित शीर्ष स्थानको लिभरपुलले समान खेलमा ६७ अङ्क बनाएको आर्सनललाई १५ अङ्कले पछि पार्यो । टोटेनहम लगातार हारसँगै ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ । गएराति भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । बोर्नमाउथ ३४ खेलमा ५० अङ्कसहित दशौँ स्थानमा र समान खेलमा युनाइटेड ३९ अङ्कसहित तालिकाको १४औं स्थानमा रह्यो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि