
काठमाडौं । फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अष्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ । नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो ।
यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले अष्ट्रेलियालाई २ गोलले हरायो । अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उसले उपहारका रुपमा प्राप्त गर्यो ।
खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोष्टमा गोल भए पछि अमेरिकाले अग्रता लिएको थियो । खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले थप गोल गरे । त्यसपछि खेलमा थप गोल भएन । यो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने