च्याम्पियन्स लिग फुटबल : आर्सनल र इन्टरमिलान सेमिफाइनलमा, सेमिफाइनल समिकरण पुरा 

काठमाडौं । च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई हराउँदै आर्सनल सेमिफाइनलमा पुगेको छ । गएरातिको खेलमा रियल म्याड्रिडलाई २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो ।

योसँगै १५ पटकको विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनललबाट बाहिरिएको छ । इटालियन क्लब इन्टर मिलान पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग गएराति २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पीएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार