
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले जित निकालको छ । कर्णालीले सान्त्वना जित निकाल्ने क्रममा साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै संगीत कोरेले पनि २५ रनको पारी खेले । कर्णालीका लागि विलियम बसिस्टोले दुई विकेट लिए । मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, गुल्सन झाले १९, प्रियांक पञ्चलले १६ र विलियम बसिस्टोले १५ रन थपे । नजिबुल्लाह जड्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामी १८ रनमा अविजित रहे ।
जनकपुरका लागि ललित राजवंशी र आदित्य महतले समान दुई विकेट लिए । संगीत कोरे, अनिल साह र माज सदाकतले समान एक विकेट आफ्नो नाममा गरे ।













समाचार
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह