
पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको छ। ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आगामी नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालाको फुटबल स्टेडियममा आयोजना हुने कन्सर्टका लागि टिमले सुरुका १ हजार समर्थकलाई ९९९ रुपैयाँमै जर्सी दिने घोषणा गरेको थियो। बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मै ती सबै जर्सी बिक्री भइसकेको पोखरा एभेन्जर्सले जनाएको छ।
‘पोखरा एभेन्जर्स र नेपथ्यप्रतिको माया र उत्साहले हामी उत्साहित भएका छौं,’ पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, ‘१३ घण्टामै १ हजार जर्सी बिक्री हुनु पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो। क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं।’
कन्सर्टमा प्रवेशका लागि टिकट पर्ने छैन। पोखरा एभेन्जर्सको जर्सी खरिद गरेका समर्थकले मात्र कन्सर्टमा सहभागी हुन पाउनेछन्। जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने एभेन्जर्सले जनाएको छ। मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना