
नेपालगञ्ज । बाँके र बर्दियाको पर्यटन प्रवद्र्धनका लागि ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा आज सुरु गरिएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको उक्त साइकल यात्राको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, संघीय सांसद एवं राप्रपाका महामन्त्री डा धवलशमशेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले साइकल चलाएर उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा मन्त्री न्यौपानेले साइकल यात्राले पर्यटन पद्र्धनमा टेवा पुर्याउने उल्लेख गरे । सांसद डा राणाले टुर दि ठाकुरद्वाराजस्तै नेपालगञ्जदेखि रारासम्मको कार्यक्रम बनाउदा अझ प्रभावकारी हुने सुझाव दिए । बाँके र बर्दियाको धार्मिक पर्यटनस्थलको प्रचार प्रसारका लागि क्लबले बर्सेनि टुर दि ठाकुरद्वारा आयोजना गर्ने गर्दछ । यसवर्ष नेपाल, भारत र चीनका गरी एक सय ४० जना साइकलयात्री सहभागी रहेका छन् ।
नेपालगञ्जको प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरबाट सुरु भएको यात्रा करिब एक सय किलोमिटर यात्रा गरी बर्दियाको ठाकुरद्वारा पुगेर समापन हुनेछ । विश्वसाइकलयात्री पुष्कर शाहसहित भारतका २९ र चीनका एक जना यात्रामा सहभागी रहेका छन् । साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको घुमौ बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई सघाउ पुर्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए ।
रु २७ लाख अनुमानित खर्च रहेको यात्राको रुट बागेश्वरी मन्दिरबाट सुरु भएर बजार परिक्रमापछि कोहलपुर, केदारेश्वर धाम बाँसगढी, सतखलवा, बैदी, बबईहुँदै ठाकुरबाबा मन्दिरसम्मको सय किलोमिटर रहेको छ ।













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए