डेडिकेटेड र ट्रंक लाइन समस्या समाधानतर्फ : २८ किस्तामा भुक्तानी गर्ने सहमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइन काटिएका उद्योगहरूका समस्या समाधानतर्फ सरकारले कदम चालेको जानकारी दिएका छन्।

ढकालका अनुसार, लाइन काटिएका उद्योगहरूको विजुली सेवा पुनः सुरु गर्ने सहमति भएको छ। “डेडिकेटेड र ट्रंक लाइनको पैसा २८ किस्तामा तिर्ने र पहिलो किस्ता घरौटी (धरोती)को रूपमा बुझाउने कुरा भएको छ,” ढकालले भने।उनका अनुसार, तिर्नुपर्ने कुल रकमको ५ प्रतिशत धरोतीको रूपमा राखिने र त्यसपछि लाइन पुनः जडान गर्ने सहमति गरिएको हो।ढकालले भने, “यो विषयमा मैले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूसँग छलफल गरेको थिएँ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग पनि विस्तृत रूपमा कुराकानी भएको थियो।” उद्योगहरूमा डेडिकेटेड र ट्रंक लाइन काटिँदा उत्पादनमा अवरोध, रोजगारी गुम्ने र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताउँदै ढकालले यस समस्याको समाधानका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार