
काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज भने घटेर बन्द भएको छ । अघिल्लो दिन ४२ अंकले बढेको बजार आज भेन ९.४३ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७०५.३८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८२ कम्पनीको बढेको छ । ३ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.३५ अंकले घटेर ४६५.९० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एक वटा उपसूचकको मात्रै बढेको छ ।
आज परिसूचसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन करिब १२ अर्बको कारोबार भएको बजारमा आज भने झण्डै ९ अर्बको मात्रै कारोबार भएको छ । आज सेयर बजरमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८९ हजार ७६६ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ रुपैयाँको कारोबार भएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान