
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित १२ औँ वार्षिक साधारणसभा मंसिर २५ गतेका लागि बोलाउने निर्णय गरेको हो ।
साधारणसभा यही मंसिर २५ गते काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ ।
त्यसका साथै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालकको भत्ता, सेवा र सुविधा, सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाही अनुमोदन, संस्थागत सुशासन प्रतिवेदन स्वीकृत गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संधोन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता