
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.६० अंकले घटेर ४३९.९४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्यमा गिरावट आएको छ भने ३ वटाको सेयर मूल्य बढेको छ । आज सेयर बजारमा २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको सेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोड माथिको कारोबार भएको थियो भने आज ३ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज ३१७ कम्पनीका ७४ लाख ८८ हजार २७३ कित्ता सेयर ३८ हजार ८२७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँको कारोबार भएको छ । परिसूचक घटे पनि बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै