
काठमाडौं । हाइल्याण्ड डिष्टिलरी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहितका एजेण्डा पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बुधबार काठमाडौंको हात्तिसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ । सभाले प्रचलित धितोपत्र सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बूक बिल्डिङ्ग विधि मार्फत् वा अंकित मूल्यमा सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र सो सम्बन्धी कार्य गर्न तथा गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पसि सोही साधारणसभाले पारित गर्नेछ ।













समाचार
दुई विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार