एनआईसी एशिया बैंकको  वित्तिय अवस्थामा सुधार, साढे १० प्रतिशतले बढ्यो नाफा 

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तिय प्रतिवेदनमा सुधार गरेको छ । गत आथिएक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राय सबै सूचकहरु सुधारोन्मुख देखिएको हो ।

बैंक चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण गत आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले बृद्धि भएको छ । यो त्रैमासमा कुल १२ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड पाँच लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५५ करोड २८ लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

एनआईसी एशिया बैंकको सञ्चालन मुनाफा पनि बृद्धि भएको छ । १९ करोड ३५ लाख रुपैयाँ संचालन मुनाफा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १७ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ लाख रुपैयाँ  रहेको छ । एशिया बैंकको प्रतिशेयर नेटवर्थ ३ रुपैयाँ २१ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार