चितवनमा धान उत्पादनमा वृद्धि

चितवन । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४ सय ८० मेट्रिकटन बढी धान उत्पादन भएको हो।

कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३ सय २४ दशमलव ९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ। बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो। जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उनले बताए।

गत वर्ष चितवनमा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो। हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरु लगाइएको थियो। समयमा पानी पाइनु र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार