
पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । सामान्य पेट दुखेर अस्पताल भर्ना भएकी भनिएकी तनहुँकी रूपा बिकको मृत्यु भएपछि आफन्तहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
तनहुँको व्यास नगरपालिका–१३, बेनिकोटकी बिकलाई ’पेट दुखेपछि’ गत सोमबार उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान निधन भएको थियो । सामान्य अवस्थामा अस्पताल आएकी बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र उपचारमा संलग्न चिकित्सकको कारबाहीको माग गर्दै अस्पतालमा नाराबाजी गरेका छन् ।
मृतकका श्रीमान् किसान सुनारले चिकित्सकको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको आरोप लगाए । आक्रोशित आफन्त र अस्पतालका सुरक्षाकर्मीबीच बुधबार अस्पतालको आईसीयू कक्षअगाडि धकेलाधकेलसमेत भएको थियो ।









समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व