काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गर्दै २३ वटा ‘जेनजी’ समूहले राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन् । ‘जेनजी’ आन्दोलनको औचित्य र अपेक्षा पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूले ज्ञापनपत्र दर्ता गराएका हुन् ।
‘जेनजी’ समूहहरूको पत्रमा कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनमा मध्यस्थताको भूमिका निर्वाह गरिदिन आग्रह गरिएको छ ।