काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अब दुई महिनापछि केपी ओलीले सिठ्ठी लगाउँदा दुई लाख तुरुन्तै काठमाडौँ आउने अवस्था बनाउने बताएका छन् । नेसनल भोलेन्टियर फोर्स घोषणा सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिठ्ठी फुके मात्रै पनि २ लाख मानिस काठमाडौँ उपस्थिति हुने अवस्था बनाइरहेको बताएका हुन् ।
उनले फोर्स देशव्यापी अभियानका रूपमा अघि बढाइने उल्लेख गर्दै युवाहरूको एक हुने ठाउँ एमालेको भएको बताए । बस्नेतले फोर्सले पार्टी संगठन सुदृढ पार्ने, स्वयंसेवी संरचना विस्तार गर्ने र आगामी राजनीतिक अभियानमा ऊर्जा थप्ने बताएका छन् ।