विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको पहिलो खेल इङ्ल्यान्डसँग फेब्रुअरी ८ मा हुनेछ। त्यसपछि दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्नेछ । लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ । नेपालका चारै खेल मुम्बईमा हुनेछन् । विश्वकपको पहिलो खेलमा फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड प्रतिस्पर्धा हुनेछ। यो खेल कोलोम्बोमा हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार