प्रि ओपन सेसनमा करिब साढे १ अंक घट्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले भन्दा बढीले घटेर कारोबार भएको । आज नेप्से परिसूचक १.३४ अंकले घटेर २६७४.६९ विन्दुमा पुगेको हो ।

आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२३ अंक घटेको छ । आइतबार प्रि ओपन सेसनमा ६० स्टकको १६२ पटकको कारोबारमा ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँ बराबरको १ लाख २७ हजार ५७२ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार