काठमाडौं । साताको सेयर बजार कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेको हो ।
आजको कारोबार बन्द हुँदा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको सेयर मूल्य भने बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७० अंकले घटेर ४४८.२५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचक घटेको दिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने ५ अर्ब माथिको कारोबार भएको छ । आज ३२५ कम्पनीका १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर ८९ हजार ७३१ पटक खरिद बिक्री हुँदा ५ अर्ब ३३ करोड ३३ लाख १५ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।