
काठमाडौं । साताको सेयर बजार कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेको हो ।
आजको कारोबार बन्द हुँदा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको सेयर मूल्य भने बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७० अंकले घटेर ४४८.२५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचक घटेको दिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने ५ अर्ब माथिको कारोबार भएको छ । आज ३२५ कम्पनीका १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर ८९ हजार ७३१ पटक खरिद बिक्री हुँदा ५ अर्ब ३३ करोड ३३ लाख १५ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन