काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४३८ जना प्रहरी सहायक निरीक्षक (असई) माग गर्दै नयाँ भर्ना खुलाएको छ । प्रहरीले खुलातर्फ १२ जना इन्स्पेक्टर र २३६ जना असई माग गरेको छ भने बाँकी समावेशी समूहतर्फबाट माग गरेको छ । इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
इन्स्पेक्टरका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ । शैक्षिक योग्यतातर्फ इन्स्पेक्टरका लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र असईतर्फ प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।
