एमालेकाे पदाधिकारी संख्या विधानसभाले पारित गरेअनुसार हुने

काठमाडौं । नेकपा एमाले महाधिबेशलाई केन्द्रीत गरेर बसेकाे  सचिवालय बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरे अनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।

अब एमालेको विधान महाधिवेशनले पारित गरे अनुसार नै सचिवालय रहने भएको छ । पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको रहने छ भने २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी  बन्ने छ । महाधिवेशनका लागि हालका सबै पदाधिकारी रहेको अध्यक्ष मण्डल बनेको छ । त्यस्तै प्रस्ताव लेखन र माइन्युट लेखन समिति पनि गठन भएको छ । जसको जिम्मा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

बैठक पछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको जानकारी दिए। यसका अतिरिक्त मंसिर २४ गते जेनजी आन्दोलनका प्रतिनिधिसँग गरिएको भनिएको सम्झौता प्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले निर्धारित कार्यक्षेत्र भन्दा बाहिर गएर संविधान संशोधन गर्ने सम्झौता गरेको भन्दै एमालेले आपत्ति जनाएको हो । सरकार दण्डहीनतालाई प्रश्रय दिन र अपराधीलाई जोगाउन उद्धत रहेको एमालेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार