सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा नयाँ कीर्तिमान 

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य फेरि नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन कीर्तिमान कायम गरेको सुनको मूल्य आज १ हजार ७०० रुपैयाँले घटेको हो भने चाँदी १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६० हजार ७०० रुपैयाँले रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ३ हजार ८८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार