प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से 

काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१९ अंकले बढेर २६०१.८१ विन्दुमा पुगेका हो ।

आजको प्रि ओपन सेसनमा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले घटेर ४४७.४१ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ४२ कम्पनीका २ हजार ८२५ कित्ता सेयर ६९ पटक खरिद बिक्री हुँदा १७ लाख ५४ हजार ७१२ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार