
काठमाडौं । यो साता सुनको मूल्य करिब ९ हजार रुपैयाँले बढेको छ । यो साता नेपाली जबारमा सुनको मूल्य ८ हजार ९०० रुपैयाँले बढेको हो ।
गत मंसिर ५ गते शुक्रबार २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य त्यसको १ सातापछि मंसिर १२ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको हो । यो साताभर हेर्ने हो भने सुनको मूल्य निरन्तर बढ्यो । साताभर सुनको मूल्य प्रतितोला ८ हजार ९०० रुपैयाँले बढेको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत मंसिर ७ गते आइतबार आइपुग्दा २ हजार ९ सय रुपैयाँ सुनको मूल्य बढेर सो दिन २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंसिर ८ गते सोमबार भने सुनको मूल्य १ हजार ९०० रुपैयाँले घटेर २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको देखिन्छ । त्यस्तैगरी, मंसिर ९ गते मंगलबार एकैदिन ५ हजार २०० रुपैयाँले बढेर उक्त दिन सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, मंसिर १० गते बुधबारका दिनमा ९०० रुपैयाँले बढेर उक्त दिन २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी मंसिर ११ गते बिहीबार भने प्रतितोलामा ४०० रुपैयाँ घटेर २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम दिन मंसिर १२ गते शुक्रबार भने एकैचोटी सुनको मूल्य २ हजार २०० रुपैयाँ बढ्यो । त्यसदिन सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।











समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल