
काठमाडौं । आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा उच्च अदालत पाटनले यसअघि गरेको फैसला झिकाउने आदेश दिइएको छ । खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्चले उच्च अदालत पाटनले रिलायन्सको पक्षमा गरेको फैसलासहितको मिसिल झिकाउन आदेश दिएको हो ।
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने क्रममा गडबडी गरेको दाबी गर्दै लगानीकर्ताले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा उच्च अदालतले कम्पनीको पक्षमा फैसला गरेपछि असन्तुष्ट सेयर लगानीकर्ताहरू सर्वोच्च अदालत पुगेका हुन् ।
हाल नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ प्रक्रिया अगाडि बढाइसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बिक्री तथा बाँडफाँटसमेत गरिसकेको छ । रिलायन्सले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले अब पुस ७ गेतबाट आम सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा मूल्यो यो आईपीओ नेपालको हालसम्मकै सबै भन्दा बढी मूल्यको आईपीओ हो ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै