काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंक , सिंगटी हाइड्रो, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको आइतबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ ३६५.७१ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३८४ रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।
सिंगटी हाइड्रोको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ २७१.४३ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २८५ रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।
यता, नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस सेयरमा मूल्य समयोजना हुँदा ६६९.६३ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७२९.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।
नेपाल लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ ७७८.५७ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ८१७.५० रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ ।