काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा को ५.३५८३ प्रतिशत अर्थात् १९करोड ५लाख ५३ हजार६ सय २६ रूपैयाँ ३० पैसा बराबरको नगद लाभांश करसहित तथा पाँच प्रतिशत १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो प्रस्ताव साधारणसभाबाट पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५सय ५ रुपैयाँ ५३पैसा पुग्ने छ ।
साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको बैङ्कले जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।