
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मति घोषणा गरेको छ । कम्पनीले लाभांष प्रस्ताव सहित आउँदो माघ ३ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे १७ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै अन्य लघुवित्तसँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालकहरूको बैठक भत्ता बढाउने र सञ्चालक समितिका लागि ३ जना सर्वसाधारण शेयरधनीको निर्वाचन पनि सभाले गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम