गतिलो नेतृत्व ल्याउन सके सुशासन कायम गर्न सहयोग गर्छ : पूर्व प्रमुख आयुक्त थपलीया  

काठमाडौं । निर्वाचना आयोगका पूर्व प्रमुख आयुक्त दिनेश कुमार थपलियाले गतिलो नेतृत्व आउन सकेको खण्डमा सुशासन कायम हुने बताएका छन् । बिहीबार राजधानीमा सन्टर फर पोलिसिी रिसर्चले आयोजना गरेको ‘निर्वाचनमा चौथो अंग, अनुसन्धानात्मक पत्रकारिता एक विमर्स’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सञ्चारमाध्यामले उम्मेदवारको एजेण्डालाई बढी प्राथमिकता दिएर स्थान दिनु पर्ने उनको भनाइ थियो । सञ्चारमाध्याममा ठूलो र सानो उम्मेदार भनेर समाचार आउने गरेको भन्दै त्यस्तो नगर्नका लागि पनि उनले आग्रह गरे । उनले विश्वमा सरकारले गर्ने निर्वाचना निष्पक्ष नहुने पनि बताए । नेपालमा निर्वाचनको काम सबै निर्वाचन आयोगले गर्ने गरेको भन्दै सरकारले वातावरण मात्रै निर्माण गर्ने उनको भनाइ थियो । अहिले देश बाहिर रहेकाहरुले पनि निर्वाचनमा मतदान गर्न पाउनु पर्ने विषय उठेको सन्दर्भमा उनले देश भित्रकै सबै नागरिकलाई चुनावमा सहभागि गराउने तर्फ काम गर्नु पर्नेमा जोड दिए ।

फागुन २१ गते घोषणा भएको निर्वाचन सबै क्षेत्रमा सम्पन्न गर्नका लागि निकै कठिन गरहेको उनको भनाइ छ । हिमाली जिल्लामा त्यो समयमा हिउँ नपग्लने भएकाले त्यो क्षेत्रमा निर्वाचन गराउनका लागि कठीन हुने उनले बताए । नेपालमा चैत भन्दा अघि अहिलेसम्म निर्वाचन भएको इतिहास नै नभएको भन्दै उनले हिमाली क्षेत्रलाइ पनि समेटर निर्वाचनका विषयमा सोच्नु पर्ने बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार