
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले ११ लाख ८५ हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि र १ लाख ४२ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेकाका लागि जारी गरेको हो ।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा गोरखाको अजिरकोट गाउँपालिकाको सबै वडाहरू र लमजुङको दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ र दोर्दी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता माग गर्न सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाले पुस १७ गतेसम्म र आयोजना प्रभावितले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितले कम्पनीको गोरखास्थित आयोजना कार्यालयका साथै प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन लिंकबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी गोरखास्थित प्रभु बैंकको छेपेटार शाखा र पालुङटार शाखा मार्फत् पनि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू