
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रममार्फत पुस २४ गते मनाउने भएको छ।
यस अवसरमा प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको अर्गनाइजेसनले जनाएको छ। स्थापना दिवसको सम्मानमा कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ सांस्कृतिक दीपावली कार्यक्रम समेत आयोजना गरिनेछ।
प्याब्सनका महासचिव आरबी कटवालले मातहतका सबै कार्यसमितिहरूलाई स्थापना दिवस भव्य रूपमा सम्पन्न गर्न सक्रिय सहभागिता र सहकार्य गर्न निर्देशन दिएको जानकारी गराएका छन्। साथै सदस्य विद्यालयहरूमा पनि झण्डा फहराउने व्यवस्था मिलाइने जनाइएको छ। संस्थाले यस दिवसलाई विद्यालय शिक्षा क्षेत्रको प्रगति, एकता र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गर्दै समुदायमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखेको जनाएको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व