
काठमाडौं । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा करिब रू. ४ अर्ब १९ करोड प्रारम्भिक दाबी परेको छ । जसमध्ये, हालसम्ममा कूल २०९ वटा दाबीको कूल दाबी रकम करिव रू. १९ करोड ६४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले ४१९ वटा प्रारम्भिक दाबीको ३ अर्ब ५८ करोड ५४ लाख भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये हालसम्म ५३ वटा बीमा दाबीको करिव रू. १६ करोड ४४ लाख रुपैयाँ भुक्तानी भउको पाइएको छ ।
यता, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव रू. ५२ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा कम्पनीहरुबाट ९ वटा दाबीको करिव रू. १ करोड ४० लाख भुक्तानी भएको छ ।
त्यसैगरी, कृषि तथा बाली बीमातर्फ २१७ वटा प्रारम्भिक बीमा दाबीको करिव रू. ४ करोड १७ लाख भुक्तानी गर्नुपर्ने देखिएको छ । सो दाबीमध्ये १२७ वटा दाबीको करिव रू. ५० लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रू. २ करोड ८२ लाख दाबी रकममध्ये कूल १७ वटा दाबीको करिव रू. १ करोड २७ लाख भुक्तानी भएको पाइएको छ । त्यस्तै, सामुद्रिक बीमातर्फ ४ वटा प्रारम्भिक बीमा दाबीको करिव रू. १० लाख ६५ हजार भुक्तानी हुनुपर्नेमा ३ वटा दाबीको करिव रू. ३ लाख २७ हजार दाबी भुक्तानी भएको पाइएको छ ।
मोटर बीमा (सार्वजनिक) तर्फ कूल १० वटा दाबीको करिव रू. १ करोड १९ लाख र लघुबीमातर्फ कूल २ वटा प्रारम्भिक दाबीको करिव रू. १२ लाख प्रारम्भिक बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै