कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कर्पारेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गरिने पनि बैंठकले निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार