सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि कीर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य २ हजार ८००  रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च हो । यसअघि पुस १३ गते पनि सुनको सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९९० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार