सेयर बजारमा एकल अंकको गिरावट, कारोबार ६ अर्ब माथि 

काठमाडौं । सोमबार सेयर बजार परिसूचक एकल अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेर ४५४.३१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।

परिसूचक घटेको दिन करिब साढे ६ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३३ कम्पनीका १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ७८ हजार ८०८ पटक खरिद बिक्री हुँदा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार