काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।