चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । रामपुरमा रहेको क्षेत्र नं. ३ को निर्वाचन कार्यालयमा पुगेर गौतमले उम्मेदबारी दर्ता गराएकी हुन् ।
उनले आफू चितवनकै व्यक्ति भएकोले उम्मेदवारी दिन आएको बताइन् । पार्टीले आफ्नो आवश्यकता महसुस गरेर रणनीतिक हिसाबले चितवन-३ मा पठाएकोले उम्मेदवारी दिन आएको उनको भनाइ छ । काठमाडौं क्षेत्र नं. २ बाट यसअघि निर्वाचित गौतमले चितवनलाई रास्वपाले आफ्नो आधार क्षेत्र मान्दै आएकोले अझै बलियो बनाउन उम्मेदवारी दर्ता गर्न आएको दाबी गरिन् ।