
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफूहरू देश बनाउने अभियानमा लागेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले देश बनाउनेका पक्षमा उभिन सबैलाई अपिल गरेका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीले आफूलाई झापाबाट काठमाडौँ फर्कने क्रममा शुक्रबार भद्रपुर विमानस्थलमा माथिको आदेश भन्दै सुरक्षाकर्मीबाट अपमानजनक व्यवहार भएको गुनासो पनि गरे । “मलाई झापाबाट फर्कंदा अपमानजनक व्यवहार गरियो । विदेशतिर पनि चिनेको अवस्थामा सम्मानजनक व्यवहार गर्छन्, तर यो सरकारले हामीलाई आफ्नै ठाउँमा दुःख दिने काम गरिरहेको छ”,उनले भने, “यस्तै हो भने हामी निर्वाचनमा जाने कि आन्दोलनमा जाने अझै भन्न सकिने अवस्था छैन ।” कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं धितोपत्र व्यवसायी दिपेन्द्र अग्रवाललगायतलाई पार्टी प्रवेश गराइएको थियो ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो