
काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राखेकी छन् ।
नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा आइतबार आयोजित पहिलो दीक्षान्त समारोहमा उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिइन् ।
‘हाम्रो मुलुक अरूले आएर बनाइदिने होइन, हामीले बनाउने हो । बेथितिबाट भाग्ने होइन । हामीले बेथिति, भ्रष्टाचारलाई हटाउँदै जानुपर्छ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘दीक्षित विद्यार्थीलाई मुलुक बनाउने अभियानमा सहकार्य गर्न म आग्रह गर्दछु । विश्वविद्यालयले प्रतिभा पलायन हुन नदिने, आजका युवाको बदलिँदो स्थितिलाई सम्बोधन गर्ने र उत्पादित जनशक्तिले स्वदेशमा योगदान दिन सक्ने गरी उत्पादनमुखी शिक्षा दिन सक्नुपर्छ ।’
समारोहमा प्रमुख अतिथि शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जीवनपर्यन्त सिकाइमा लाग्नु र कठिन अवस्थामा पनि सिकाइलाई निरन्तरता दिन सक्नु खुल्ला विश्वविद्यालयका विद्यार्थीको दायित्व हुने बताए ।
कार्यक्रममा सहभागी विभिन्न सङ्कायका उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको थियो । विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायमा उच्चशिक्षा दिँदै आएको छ ।
खुल्ला विश्वविद्यालयका उपकुलपति डा शिलु मानन्धर बज्राचार्यले व्यस्त जीवनशैली बिताइरहेका व्यक्तिलाई खुल्ला विश्वविद्यालयमार्फत दूरशिक्षाका माध्यमबाट सहज रूपमा उच्चशिक्षा दिँदै आएको बताइन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व