काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६० अंकले बढेर २७७५.७७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०५ अंकले बढेर ४७३.७३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ६ करोड माथिको कारोबार भएको छ । उक्त सेसनमा ८२ कम्पनीका १ लाख ४८९ कित्ता सयर २५१ पटक खरिद बिक्री हुँदा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँको कारोबार भएको छ ।