
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा रहेको थियो ।
युरोपियन युरो एकको खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा रहेको थियो । आज युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा कायम भएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा रहेको छ । आज स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४ रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम