साविक विजेता भारतको विजयी सुरुआत, नेपालले आज पहिले खेल खेल्दै 

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रीकेटमा साविक विजेता भारतले विजय सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित ग¥यो ।

भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७–३७ रन बनाए । बलिङमा भारतका मोहम्मद सिराजले ३, आशिर्वाद सिंहले र अक्षर पटेलले २–२ तथा वरुण चक्रवतिले एक विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा भारतले कप्तान सूर्यकुमार यादवको संयमित ब्याटिङमा १६१ रन बनाएको थियो । यादवले ४९ बलमा अविजित ८४ रन बनाए । बलिङमा अमेरिकाका शाड्ली भ्यान शाल्कविकले सर्वाधिक ४ विकेट लिए । यसअघि भएको खेलमा पाकिस्तान र वेष्ट इन्डिज विजयी भएका थिए ।

यो पटकको विश्वक अन्तर्गत नेपालले आफ्नो पहिले खेलमा इंग्ल्याण्डसंग खेल्नेछ । खेल मुम्बइमा नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि सुरु हुने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार