
काठमाडौं । वर्षाले प्रभावित पहिलो टि ट्वान्टी खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । कार्डिफमा ढिला सुरुवातका कारण खेल ९ ओभरमा सीमित भएको थियो । दक्षिण अफ्रिकाले ७.५ ओभरमै ५ विकेट गुमाएर ९७ बनायो । तर त्यसपछि फेरि पानी पर्न आयो । इंग्ल्यान्डलाई संशोधित लक्ष्यका रुपमा ५ ओभरमा ६९ रन दिइयो । सुरुदेखि आक्रामक हुन बाध्य इंग्ल्यान्ड ५ ओभरमा ५ विकेट गुमाउँदै ५४ रोकियो । दक्षिण अफ्रिकी कोर्बिन बोस्च र मार्को जान्सेनले समान २ विकेट लिए ।
फिल साल्ट पहिलो बलमै आउट भए, याकब बेटेल ७ रनमा र कप्तान ह्यारी ब्रुक बिना रनमै आउट भएपछि इंग्ल्यान्डको शीर्षक्रम ध्वस्त भयो । त्यसपछि जोस बटलरले ११ बलमा ३ छक्कासहित २५ रन बनाएर सम्भावना जगाए । साम करनले एक छक्का प्रहार गरेर आशा जगाए पनि अन्ततः पाहुना टोलीले सहज जित निकाल्यो ।
यसअघि, ढिलो निर्णयका कारण जोफ्रा आर्चरको सट्टा लुक वुडले खेल खेले र पहिलो ओभरमै रायन रिकेलटनलाई आउट गरे । कप्तान एडेन मार्करामले १४ बलमा २८ रन बनाए । डेवाल्ड ब्रेभिसले १० बलमा २३ रनको आकर्षक पारी खेले तर साम करनकै पहिलो बलमा आउट भए । डोनोभन फेरेराले भने ११ बलमा अविजित २५ रन बनाए । ३ खेलको सिरिज अन्तर्गतको दोस्रो खेल शुक्रवार ओल्ड ट्राफर्डमा हुनेछ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम