काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ । लामो समयपछि कम्पनीको आईपीओ शुक्रबार सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको १९ लाख २६ हजार ६०० कित्ता र संस्थाप सेयरधनीहरुले लगानी गरेको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता गरी १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर आगामी फागुन ४ गते देखि दोस्रो बाजारमा कारोबारका लागि खुल्नेछ । यस अघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको ओपनिङ रेञ्ज न्यूनतम १०० देखि अधिकतम ३०० सम्म हुनेछ ।
