सेयर बजार २ अंकले बढ्यो, कारोबार ५ अर्ब माथि 

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको नेप्से परिसूचक आज २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.६५ अंकले बढेर ४५१.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको मूल्य घटेको छ भने ६ वटाको बढेको छ ।

परिसूचक बढेको भए पनि कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५६ हजार ३४७ पटक खरिद बिक्री हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार