
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजनाको औपचारिक शुभारम्भ गरेको छ । यो ऐतिहासिक राष्ट्रिय पहलको उद्देश्य नेपाललाई लेखा तथा वित्तीय आउटसोर्सिङ सेवाका लागि विश्वकै प्रतिस्पर्धी गन्तव्यको रूपमा स्थापित गर्नु हो ।
काठमाडौंको एभरेस्ट होटलमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी परियोजना घोषणा गरिएको हो । उक्त कार्यक्रममा आइक्यानले गेन परियोजनाको आधिकारिक प्रवद्र्धनात्मक भिडियो सार्वजनिक गर्नुका साथै नेपालमा लेखा तथा वित्तीय आउटसोर्सिङका लागि समर्पित वेब पोर्टल पनि शुभारम्भ गरेको छ ।
गेन परियोजना विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको विशेष गरी लेखा, लेखापरीक्षण, कर, तलब भुक्तानी (पेरोल) तथा वित्तीय प्रतिवेदनजस्ता उच्च मूल्यका क्षेत्रमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) प्रतिको एक रणनीतिक उत्तर हो ।
विकसित अर्थतन्त्रहरूमा लेखासम्बन्धी पेसाकर्मीको अभाव बढ्दै गएको र भौतिक दूरीका हिसाबले ढाटाबाट गरिने सेवा प्रवाहको स्वीकार्यता बढिरहेको परिप्रेक्ष्यमा नेपाल यस प्रकारको बढ्दो बजारबाट लाभान्वित हुन विशिष्ट रूपमा सक्षम अवस्थामा छ ।
कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले यो परियोजना संस्थाको कानुनी कर्तव्य र दीर्घकालीन रणनीतिक दृष्टिकोणअनुरुप रहेको बताए । ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) एउटा व्यावसायिक पहल मात्र होइन; यो आर्थिक रूपान्तरणको एजेन्डा पनि हो । नेपालसँग पहिले नै योग्य जनशक्ति, प्रतिस्पर्धी लागत र अंग्रेजी भाषामा बलियो दक्षता छ । गेनमार्फत हामीले हाम्रा यी सबल पक्षहरूलाई संस्थागत गर्दै नेपाललाई विश्वसनीय र उच्च गुणस्तरीय लेखासम्बन्धी आउटसोर्सिङ गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।
आइक्यानको अनुमान अनुसार योजनाबद्ध सरकारी सहजीकरणको अभावका बाबजुद नेपालका करीब एक हजार लेखासम्बन्धी पेसाकर्मीहरु अन्तर्राष्ट्रिय आउटसोर्सिङ सेवामा संलग्न छन् । यसबाट वार्षिक करिब ४ करोड ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा आर्जन भइरहेको अनुमान संस्थाले गरेको छ । गेन परियोजनाले समन्वयमा आधारित नीतिगत पैरवी, सीप विकास, पूर्वाधारको सशक्तीकरण तथा अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत यस प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
यो पहलकै एक हिस्साको रुपमा आइक्यानले लेखा आउटसोर्सिङसम्बन्धी वेब पोर्टल पनि सार्वजनिक गरेको छ । यसले नेपाली लेखा तथा वित्तीय आउटसोर्सिङ पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोड्ने आधिकारिक प्लेटफर्मको रूपमा काम गर्नेछ । उक्त पोर्टलमा प्रमाणित सेवा प्रदायकहरूको विवरण तथा नेपालको आउटसोर्सिङ इकोसिस्टमसम्बन्धी जानकारी समावेश हुनेछ र जसले विश्व बजारमा पहुँच बढाउने अपेक्षा गरिएको छ ।
गेन परियोजनाअन्तर्गत आइक्यानले देशको ब्रान्डिङ, रणनीतिक बजारीकरण, सीप विकास, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नीतिगत सल्लाह र इकोसिस्टम विकासका पहलहरूको नेतृत्व गर्नेछ । साथै, संस्थाले नियामकीय तथा नीतिगत सुधार, समर्पित बीपीओ÷केपीओ केन्द्रहरूको स्थापना र सुदृढ डिजिटल पूर्वाधारका लागि पैरवी गर्नेछ ।
गेन परियोजनाले आगामी एक दशकमा वार्षिक १ लाख ५० हजारभन्दा बढी व्यक्तिहरूलाई रोजगारी सिर्जना र वार्षिक ६ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्न सहयोग पु¥याउने आइक्यानको अपेक्षा छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम