
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा १०२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १०२.४९ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको साही अवधिमा कम्पनीको यस्तो नाफा कम्पनीले गत आवमा १२ करोड १३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफामा टेवा पुगेको हो।
चालु आवमा सञ्चालन नाफा ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको यस्तो नाफा १७ करोड ३३ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी गत आवमा ५८ करोड ८६ लाख रुपैयाँ रहेकोमा चालु आवको ६ महिनामा बढेर ९९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ४२ करोड ३० लाख रुपैयाँ छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित मुनाफामा ४२ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले ११ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएर १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन र २४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) पनि वृद्धि भएको छ । कम्पनीको इपीएस गत आवमा १५ रुपैयाँ ६४ पैसा रहेकोमा चालु आवमा बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार ४९९ रुपैयाँ २० पैसा र निष्क्रिय कर्जा ६ दशमलव ०९ प्रतिशत रहेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै