
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले यसअघि भदौ २५ गते निष्कासन बन्द गरिसकेको थियो। तर, हालैको जेन–जी आन्दोलनले आवेदन प्रक्रियामा अवरोध पुर्याएपछि प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि दुई दिन थप म्याद तोकिएको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको अनुसार कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्दै आएको छ। यसमा १ प्रतिशत (१ लाख ६३ हजार १२५ कित्ता) सेयर आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको छ भने १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विनियोजन गरिएको छ।
रुपन्देही र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीयले नबिल बैंक, एनएमबि बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै