
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बीमा पोलिसी सरेण्डर रकम साढे १२ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुबाट १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ बाहिरिएको हो ।
उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ७.०१ प्रतिशत कम हो । गत आवको ११ महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ बाहिरिएको थियो । सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको जेठ मसान्तसम्ममा ९८ हजार ४१ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको सोहि अवधिमा भने ८३ हजार ४४२ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १४.८७ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ५.९२ प्रतिशतले बढेको छ । गत आवको जेठ मसान्तसम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३८ अर्ब ६७ करोड ६०लाख रुपैयाँ रहेको छ ।
यता व्यतित बीमालेखको संख्या भने १७.७५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १० लाख २७ हजार ९६३ वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ४३ हजार ७६९ रहेको थियो ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै